२९ आश्विन २०८३, बिहिबार

पार्टीमा परामर्श गरेर सरकार चलाउन सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congressकाठमाडौं । कांग्रेसका सभासदहरुले सरकार र संसदीय दलबीच समन्वय गरेर अघि बढ्नु पर्ने सुझाव दिएका छन् । उनीहरुले संसदीय दलको सुझाव अनुसार अघि बढे मात्रै सरकारले प्रभावकारी काम गर्न सक्ने बताए ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा धारणा राख्ने अधिकांश सदस्यले सरकारको कामकारबाही प्रभावकारी बनाउनु पर्ने सुझाव दिए । उनीहरुले सरकारको आलोचना सुरु भएको भन्दै सचेत रहन प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरे ।

 

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै सरकारका कामकारबाहीलगायतमा छलफल भएको कांग्रेसले जनाएको छ । सरकारको कामकारबाहीलाई लिएर आलोचना भएका बेला प्रधानमन्त्री समेत रहेका सभापति कोइरालाले बैठक बोलाएका हुन् ।

 

सरकारको एकसय दिन पुग्ने दिन नजिकिँदै गर्दा कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बसेको हो ।