चौतारा । काठमाडौंबाट खासा लैजान लागेको विदेशी मुद्रासहित सिन्धुपाल्चोकमा तीन चिनियाँ र एक नेपाली नागरिक पक्राउ परेका छन् ।
बा १ च ७६७३ नम्बरको निजी कारबाट जाँदै गरेको अवस्थामा सिन्धुपाल्चोकको बाह्रबिसेमा आज (शनिबार) बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक जयश्वर रिमालले बताए ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक हङ क्युङ ली, ग्वाङ यु ली, दोङ फाङ झाङ र चालक प्रेम श्रेष्ठ छन् ।
उनीहरुको साथबाट अमेरिकी डलर २४ हजार ७००, चिनियाँ युआन ६३ हजार २१०, नेपाली रुपियाँ ४३ हजार र विभिन्न बैंकको नाममा काटिएको नौ लाखको चेकसहित बरामद गरिएको छ ।













प्रतिक्रिया