काठमाडौं । यस बर्षको मिस नेपालको उपाधी सुबिन लिम्बूले जितेकी छिन् । प्रतिस्पर्धामा अन्य १८ जनालाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।
कार्यक्रममा प्रमुख निर्णायक रुक्मांगत कटुवालले सोधेको ‘तपाइले यो प्रतिस्पर्धा जित्नुभयो भने तपाईं कसरी नेपालमा छरिएर रहेका यूवायूवतीलाई एकै ठाउँमा राखेर नेपालमै रोजगारी सिर्जना गर्न के सल्लाह दिनुहुन्छ ? भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिदै उनले उपाधि जितेकी हुन् ।
उनले मिस नेपालसँगै नगद ५० हजार र ‘मिस वल्र्ड’ मा भाग लिने अवसर पाएकी छिन् । यस्तै मिस नेपाल अर्थको उपाधि भने पिन्सा श्रेष्ठले जितेकी छिन् । उनले मिस अर्थमा भाग लिने जानेछिन् ।
यस्तै नेपालकै सबैभन्दा ठूलो भनिएको सौन्दर्य प्रतियोगिताको मिस नेपाल इन्टरनेशल भने सोनिराज भण्डारी भएकी छिन् । उनले मिस इन्टनेशनलमा भाग लिनेछिन् ।














प्रतिक्रिया