२९ आश्विन २०८३, बिहिबार

रोजगारीका लागि भारत गएका ४७ बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indiaबेलौरी (कञ्चनपुर), १९ वैशाख । रोजगारीका लागि भारत गएका कञ्चनपुरका विभिन्न पाँच गाविसका ४७ जना बेपत्ता भएका छन् । रोजगारीका लागि त्यहाँ गएका उनीहरु झन्डै १५/२० वर्षदेखि परिवारको सम्पर्कमा समेत छैनन् ।

भारत गएका नेपाली नागरिकहरुको पक्षमा काम गर्ने प्रवासी सञ्जाल समाज कञ्चनपुरले जिल्लाका पाँच गाविसका परिवारजनसित भेटेर एक महिलासहित ४६ पुरुष परिवारको सम्पर्क बाहिर रहेको तथ्य फेला पारेको हो ।

कञ्चनपुर जिल्लाबाट यसभन्दा बढी व्यक्ति हराएको हुन सक्ने प्रवासी सञ्जाल समाज कञ्चनपुरले जनाएको छ । समाजका सचिव देवराज भट्टले सुरक्षित आवागमनलगायत भारतमा रोजगारी गरिरहेको नेपालीको अवस्थाबारे अध्ययन हुनुपर्नेमा जोड दिए ।

कञ्चनपुरका हराएकाहरुको सूची तयारी पारी खोजतलासका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने सचिव भट्टले बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी पर्शुराम अर्यालले भारतमा हराएका नेपालीको खोजीका लागि दुवै देशका राजदूतमार्फत पहल हुनुपर्ने बताए ।