
काठमाडौँ, २२ फागुन । नेकपा एमालेको स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई केक खुवाउँदै बैठक शुरु भएको हो । नेता नेपाललको मंगलबार जन्मदिन परेको छ । नेपालको जन्मदिनको अवसरमा बालुवाटारले केकको व्यवस्था गरेको थियो । नेपाल मंगलबारदेखि ६५ वर्ष पूरा गरि ६६ वर्षमा प्रवेश गरेका छन् ।
संयोगले यसअघि गएको ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनको दिनपनि एमाले स्थायी समिति बैठक थियो ।
बैठकले राष्ट्रपतिको उम्मेद्वार चयन गर्नेछ । एमालेबाट पूर्वप्रधानमन्त्री एवं पूर्व अध्यक्ष झलनाथ खनाल राष्ट्रपतिको लागि आकांक्षी देखिएका छन् । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पनि राष्ट्रपतिमा दोहोरिन चाहेकी छन् ।
बुधबार राष्ट्रपतिको मनोनयन रहेकाले मंगलबारनै उम्मेदवार टुङ्ग्याउने एमालेको तयारी छ ।















प्रतिक्रिया