काठमाडौँ, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले सम्बोधनमार्फत नयाँ सरकारको कार्यदिशा र योजना सार्वजनिक गर्ने भएका हुन् ।
माओवादी पनि सरकारमा सामेल भएपछि प्रधानमन्त्री ओलीले केही दिनमा राष्ट्रका नाममा सम्बोधन गर्ने बताइएको छ । ओलीको सम्बोधनमा समावेश गर्ने विषयमा सचिवालयले तयारी शुरु गरेको छ ।
गत बिहीबार प्रधानमन्त्रीकाे पदभार ग्रहण गरेका अाेली अाइतबार ४ वजे बालुवाटास्थित सरकारी निवास सर्दैछन् । यसअघि उनले पदभार ग्रहण गरेलगत्तै ३ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए । अाेलीले अाइतबार ३ वजेलाई मन्त्रिपरिषद्काे बैठक समेत बाेलाएका छन् ।















प्रतिक्रिया