२ कार्तिक २०८३, सोमबार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ४ अर्ब २९ करोड

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ अर्ब २९ करोड ६६ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा १३.१४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ३ अर्ब ७९ करोड ७६ लाख ४ हजार रुपैयाँ मुनाफा गरेको थियो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार मुनाफामा खुद मुनाफामा वृद्धि भएको छ । यसअवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी ११०.९६ प्रतिशतले बढेर १२ अर्ब २७ करोड ५८ लाख ५८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ५ अर्ब ८१ करोड ८९ लाख ९० हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको सञ्चालन नाफा ७ अर्ब ४६ करोड १७ लाख ५८ हजार रुपैयाँ रहेको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा १८.६३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ६ अर्ब २८ करोड ९६ लाख ६० हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

सो अवधिमा बैंकको वितरणयोग्य नाफा भने २ अर्ब ६० करोड १८ लाख ६३ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी २४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ, जगेडा कोष २३ अर्ब ८९ करोड४५ लाख ४६ हजार रुपैयाँ, खराब कर्जा ४.३५ प्रतिशत रहेको छ ।