१ कार्तिक २०८३, शनिबार

घरेलु कामदार पठाउन ४९ म्यानपावर सूचीकृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bideshकाठमाडौँ, १४ कात्तिक । वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन नेपालका ४९ म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले सूचीकरण गरेको छ ।

वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७० अनुसार जारी भएको सूचनाको आधारमा निवेदन दिएका इजाजत प्राप्त म्यानपावर कम्पनीबाट निवेदन दिएकामध्येबाट कागजात अध्ययन गरी ४९ कम्पनी सूचीकृत भएको विभागले जनाएको छ ।

सूचीकरण भएका संस्थाले १५ दिनभित्र सम्पर्कमा आउन विभागले अनुरोध गरेको छ ।

यसअघि अधिकांश म्यानपावरले आफुखुसी विभिन्न मुलुकमा गैरकानुनीरुपमा घरेलु कामदार पठाउँदै आएका थिए । विभागको यो निर्णयपछि सुचीकरणमा नपरेका म्यानपावरले घरेलु कामदार पठाउन पाउने छैनन् । रासस