१ कार्तिक २०८३, शनिबार

चीनसँगको सम्झौतापछि भारतले धमाधम तेल पठाउन थाल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oil-tanker-Nepal-Indiaपथरी (मोरङ), १३ कात्तिक । विराटनगरको रानी भन्सार नाकाबाट इन्धन बोकेका ६७ गाडी आज नेपाल प्रवेश गरेका छन् ।

विराटनगर भन्सार कार्यलयका सूचना अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार जोगवनी नाका हुँदै आज मध्याह्नसम्ममा डिजेलका ५५, पेट्रोलका आठ र ग्यासका चारवटा गाडी नेपाल प्रवेश गरेका हुन् ।

सूचना अधिकृत ढुङ्गानाले गत बुधबार बेलुका ५३ वटा इन्धनका गाडी भित्रिएको समेत जानकारी दिनुभयो । उहाँले इन्धन आपूिर्त अझै सहज नभएको बताउनुभयो । रासस