३० आश्विन २०८३, शुक्रबार

सर्वाेच्चको आदेशः राखेप सदस्यसचिव विष्टलाई हटाउने अख्तियारको निर्णय कार्यान्वयन नगर

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

keshab-bistaकाठमाडौं, १३ कात्तिक । सर्वाेच्च अदालतले राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्य सचिव केशव विष्टलाई हटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको छ ।

अदालतमा विष्टले दायर गरेको रिटमाथि शुक्रबार प्रधान न्यायाधीश कल्याण श्रेष्ठले सुनुवाई गर्दै सदस्य सचिव विष्टलाई हटाउने अख्तियारको आदेश तत्काल कार्यान्वयन नगर्न नगर्न अन्तरिम आदेश दिनुभएको हो ।

अख्तियारले गत भदौ २५ गते विष्टलाई सदस्यसचिवबाट हटाउन सरकारलाई निर्देशन दिएको थियो । अख्तियारको आदेश विरुद्ध विष्टले सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको थियो ।