बेइजिङ, १२ कात्तिक । चीन, जापान र दक्षिण कोरियाबीच यसै सप्ताहन्तमा त्रिपक्षीय सम्मेलन हुने भएको छ ।
सो सम्मेलनका लागि चिनियाँ प्रधानमन्त्री लि कचियाङ दक्षिण कोरिया प्रस्थान गर्दै हुनुहुन्छ । सो सम्मेलनमा तीनै देशका नेताहरुको भेटघाट हुने छ ।
यो सम्मेलनमा तीन वर्षपछि हुन लागेको छ । पूर्वी एसियाका विश्वका यी तीन प्रमुख अर्थतन्त्रीबीचको यस सम्मेलनले आगामी दिनमा यी देशको सम्बन्ध सुधारका क्षेत्रमा कामगर्ने बताइएको छ ।
क्षेत्रीय विकासका साथै पछिल्लो समयमा यी देशकाबीचमा बढ्दो आपसी विवादको समाधानका लागि पनि सो सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अनुमान गरिएको छ ।
सम्मेलन दक्षिण कोरियामा यसै सप्ताहान्तमा हुने बताइएको छ । रासस, सिन्ह्वा















प्रतिक्रिया