१ कार्तिक २०८३, शनिबार

देहिमाडौँमा सफल सामूहिक तरकारी खेती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tarkariबैतडी, १२ कात्तिक । जिल्लाको देहिमाडौँ–९ थलालगाउँमा सामूहिक तरकारी खेती सफल देखिएको छ ।

तरकारी खेतीलाई व्यावसायिक बनाउन भवानी तरकारी समूह गठन गरी समूहमार्फत गरिएको खेती फस्टाउँदै गएको हो । सिप्रेड, किसान परियोजनालगायतका सङ्घ संस्थाबाट तालिम तथा प्राविधिक सहयोग पाउन थालेपछि तरकारी खेती फस्टाउँदै गएको समूहका सदस्य हिरा थलालले बताउनुभयो ।

यहाँ ४२ किसान समूह तरकारी खेतीमा आवद्ध छन् । जसमा ९० प्रतिशत महिला आवद्ध रहेका छन् । तीस रोपनी जग्गामा गरिएको सामूहिक तरकारी खेतीबाट आपूmहरु आत्मनिर्भर बन्दै गएको थलालले बताउनुभयो ।

विगत तीन वर्षदेखी सुरु गरिएको सामूहिक तरकारी खेतीमा आजभोलि प्याज, लसुन, काउली, गोलभेँडा, खुर्सानी, वन्दागोभीलगायतका तरकारी खेती गरिएको छ । रासस