गुल्मी, १२ कात्तिक । जिल्ला कारगार गुल्मीमा एक कैदीको मृत्यु भएको छ । गत वर्ष अदालतबाट १२ वर्ष कैद सजाय तोकिएपछि जेल
चलान भएका जोहाङ्गका ७२ वर्षीय खिमानन्द अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
प्रहरी निरीक्षक रामप्रकाश पौडेलका अनुसार बुधबार साँझ खाना खाएर सुतेका अर्याल आज बिहान उठेर दैनिक कार्य गरेर पुनः सुतेका थिए ।
जिल्ला कारागार गुल्मीका प्रमुख गोपालप्रसाद पाण्डेका अनुसार अर्याल सुतेकै स्थानमा आज बिहान मृत फेला परेको बताइएको थियो ।
मन्दिरमा एक युवतीलाई जवरजस्ती करणी गरेको अभियोगमा अर्यालले सजाय पाएका हुन् ।
















प्रतिक्रिया