३० आश्विन २०८३, शुक्रबार

दर्शक झुक्याउन दसैँमा रिलिज भएका यी तीन फिल्मले यसरी हावा खाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

‘अर्धकट्टी’ फिल्मकी नायिका नम्रता श्रेष्ठ
‘अर्धकट्टी’ फिल्मकी नायिका नम्रता श्रेष्ठ

काठमाडौं । आफैँले बनाएका नियम उल्लंघन गरेर पैसा कमाउने लोभमा दसैँलाई केन्द्र बनाई रिलिज भएका तीन वटा नेपाली फिल्महरूले हावा खाएका छन् । यसरी हावा खाने फिल्महरूमा ‘परदेशी’, ‘अर्धकट्टी’ र ‘सुश्री’ छन् ।

दसैँको बेला परेकाले फिल्महरूले सामान्य व्यापार भने गरेका छन् । फिल्म निर्माताहरूले जुन उद्देश्यले नियम तोडेर रिलिज गरेका थिए, त्यो उद्देश्य भने पूरा गर्न सकेनन् । यी तीन फिल्ममध्ये ‘सुश्री’ले मात्रै अलि राम्रो कमाइ गरेको निर्माण पक्षको दाबी छ ।

तर, ‘परदेशी’, ‘अर्धकट्टी’ र ‘सुश्री’ले समान व्यापार गरेको फिल्म जानकारहरूको भनाइ छ । ‘परदेशी’ नारायण रायमाझीले निर्देशन तथा निर्माण गरेको फिल्म हो । ‘अर्धकट्टी’ प्रदीप उदयले निर्माण गरेका हुन् । ‘सुश्री’ भने शिवम् अधिकारीले निर्देशन गरेको फिल्म हो ।

यी तीन वटै फिल्महरू फूलपातीको दिनबाट रिलिज भएका हुन् । फिल्महरू कमाइ गरेको विषयमा स्पष्ट रिपोर्ट दिने ठाउँ कतै नभए पनि हलमा भएको भीड र प्रत्यक्षदर्शीहरूका अनुसार ‘परेदशी’, ‘अर्धकट्टी’ र ‘सुश्री’ले अरु बेलामा भन्दा अलि राम्रो व्यापार भने गरेका छन् ।

फिल्म निर्माण पक्षले दाबी गरेको र प्रचार गरिएअनुसार कथावस्तु नपाएपछि दर्शकहरूले आफूहरूलाइृ झुक्याएको आरोप लगाएका छन् ।

बिहीबारबाट गोपीकृष्ण मुभिजको ‘ठमेल डटकम’ फिल्म रिलिज भएको छ । यसले सामान्य व्यापार गरेको निर्माण पक्षको भनाइ छ ।