३० आश्विन २०८३, शुक्रबार

सलमानसँग आफ्नो सम्बन्ध रहेको सन्नीको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunny-salmanमुम्बई । पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीले एउटा अनौठो खुलासा गरेकी छिन् ।

मुम्बई आयोजिक एक प्रमोशन कार्यक्रममा उनले बलिउड अभिनेता सलमान खानसँग आफ्नो छुट्टै सम्बन्ध रहेको बताएकी हुन् । उनले भनिन्- सलमानसँग मेरो पुरानै सम्बन्ध छ । त्यो हो गुरु चेलाको सम्बन्ध ।

कहिल्यै पनि सँगै फिल्म नखेलेका सलमानलाई सन्नीले आफ्नो गुरु भएको बताएकी हुन् । सन्नी लियोनीको नयाँ फिल्म ‘मस्तीजादे’मा उनले सलमानकै प्रेरणामा काम गरेको दाबी गरेकी छिन् । उक्त फिल्ममा दोहोरो भुमिकामा देखिएकी सन्नीले काम गर्न अप्ठेरो बताईन् । तर सलमानका कारण यस्तो भुमिका निभाउन सजिलो भएको उनको तर्क छ ।

पुरानो फिल्म जुडुवामा सलमानले निभाएको दोहोरो भुमिकाकै कारणले आफूले मस्तीजादे फिल्म डबल रोल खेल्न सकेको सन्नीले बताएकी हुन् । त्यसैकारण डबल रोल अभिनयमा सन्नीले सलमानलाई आफ्नो गुरु मानेकी हुन् ।