१ कार्तिक २०८३, शनिबार

भारतीय पक्षबाट बेलहिया नाका औपचारिक रुपमै बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhairahawa-jhadap (3)लुम्बिनी (रुपन्देही), ११ कात्तिक । भारतीय अधिकारीहरुले आज साँझदेखि बेलहियालगायतका भारतसँग जोडिएका नाका बन्द गर्ने जनाएको छ ।

जिल्ला पञ्चायत अध्यक्ष एवम् सदस्यको चुनावलाई मध्यनजर गर्दै महाराजगन्ज र सिद्धार्थनगर जिल्लाका सुरक्षा अधिकारी एवम् प्रशासकले आज साँझदेखि नाका बन्द गर्ने जनाएका हुन् । आज साँझ ५ बजेदेखि बिहीबार मतदान सकिएर मतपेटिका सुरक्षित स्थानमा पु¥याउँदासम्म २४ घण्टा नाका बन्द हुने भएको छ ।

महाराजगन्ज र सिद्धार्थनगर जिल्लामा चौथो चरणअन्तर्गत बिहीबार मतदान हुँदैछ । महाराजगञ्ज जिल्लाका अधिकारी सुनिलकुमार श्रीवास्तवले नेपालतर्फ सीमा जोडिएको नवलपरासीदेखि रुपन्देहीको मर्चवारसम्म ८६ किलोमिटर नाका बन्द हुने जानकारी दिनुभयो ।

यसैगरी, सिद्धार्थनगर जिल्लाका अधिकारीले कपिलवस्तु जिल्लाको पूर्वी क्षेत्रमा नाकाबन्दीको घोषणा गरेको प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँले जानकारी दिनुभयो ।

लुम्बिनी अञ्चलसँग जोडिएको सीमावर्ती महाराजगन्ज र सिद्धार्थनगर जिल्लामा २९ तारिख (कात्तिक १२ गते ) मतदानको कार्यक्रम छ । नेपालतर्फ पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नेपालबाट भारततर्फ हतियार एवम् विस्फोटक पदार्थ लान नदिने तथा चुनाव बिथोलिने कुनैपनि किसिमका गतिविधि नेपाली भूमिबाट हुन नदिने प्रतिबद्धता आफूले भारतीय अधिकारीसँग व्यक्त गरेको उहाँले बताउनुभयो । रासस