११ कार्तिक २०८३, बुधबार

सदभावना पार्टीका सांसदले राष्ट्रपति निर्वाचनमा भोट हालिन, मधेसी मोर्चालाई बहिष्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhavi-Rani-sahaकाठमाडौं, ११ कात्तिक । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट एक सभासद्ले राष्ट्रपतिको निर्वाचनमा भाग लिनुभएको छ ।

राष्ट्रपति निर्वाचनमा भाग नलिने घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सदस्य दल सद्भावनाका एक सभासद माधवी रानी साहले निर्वाचनमा भाग लिएर मतदान गर्नुभएको हो ।

उहाँले मधेसी मोर्चालाई बहिष्कार गरी व्यवस्थापिका संसद भवन नयाँ बानेश्वर पुगेर राष्ट्रपतिका एक उम्मेदवारलाई भोट हाल्नुभएको हो ।

राष्ट्रपतिका एक उम्मेदवारलाई भोट हालिसकेपछि संक्षिप्त प्रतिक्रिया दिँदै सांसद साहले निर्वाचनमा भाग नलिने मोर्चाको निर्णय थाहा नभएको बताउनुभयो ।