काठमाडौं, ११ कात्तिक । राजधानीमा १९ सय लिटर पेट्रोलसहित ७ जना पक्राउ परेका छन् ।
भारतको अघोषित नाकाबन्दीमा देशैभरी पेट्रोलियम पदार्थको हाहाकार मच्चिरहेका बेला राजधानीमा कालोबजारी गर्ने ७ जनालाई महानगरीय प्रहरी अपराध महाशाले बुधबार विहान कंलकीबाट पक्राउ गरेको हो ।
यस्तो छ घटना विवरणः
मिति२०७२।७।११ गते विहान ०६ः०० वजेको समयमा का.जि.का.म.न.पा.वडा नं.१४ कलंकीस्थित कपिल बुढाथोकीको घरमा विभिन्न व्यक्तिहरुले नाफाखोरी गर्ने उद्देश्यले पेट्रोलियम पदार्थ संचय गरी लुकाई राखीे नेपाल सरकारले तोकेको मुल्यभन्दा बढी मुल्यमा विक्रि गरी कालो बजारी गरी रहेको भन्ने सूचनाको आधारमा यस महाशाखाबाट खटिगएको प्रहरी टोलीले उक्त स्थानमा खानतलासी गर्दा कपिल बुढाथोकीको घर अगाडी टिनको टहरोमा लुकाई रहेको अवस्थामा १७१० लिटर पेट्रोलर सोही स्थानमा रहेको बा.१ ज.६९६८ नं.को टेक्सीभित्र पेट्रोलको जरकिन लोड गरेको अवस्थामा १९० लिटर सहित जम्मा १९०० लिटर पेट्रोल फेलापारी निम्न व्यक्तिहरुलाई पक्राउ गरी पक्राउ व्यक्तिहरुलाई कालोबजारी ऐन अन्तर्गत आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको छ ।
निम्नः–
१.का.जि.का.म.न.पा.वडा नं.१४ कलंकी घर हुने बर्ष ३९ को कपिल बुढाथोकी ।
२.जिल्ला पर्सा निर्मल बस्ती गा.वि.स.वडा नं.६ घर हुने बर्ष ३८ को हरि प्रसाद तिमिल्सीना ।
३.ऐ.ऐ.घर हुने बर्ष ४७को टंक प्रसाद तिमिल्सीना ।
४.ऐ.ऐ.घर हुने बर्ष ३५ को घनश्याम रिसाल ।
५.ऐ.ऐ.घर हुने बर्ष २६ को तोक बहादुर पाख्रिन ।
६.ऐ.ऐ.घर हुने बर्ष ५५ को रत्नबहादुर श्रेष्ठ ।
७.जिल्ला सिन्धुपाल्चोक तौथलीगा.वि.स.वडा नं.५ घर हुने बर्ष २९ को गंगाकुमार श्रेष्ठ ।















प्रतिक्रिया