३० आश्विन २०८३, शुक्रबार

म्याच फिक्सिङ गरी भारतको घुस खाने खेलाडीलाई थप १७ दिन थुनामा राख्न निर्देशन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Football

काठमाडौं, १० कात्तिक । विभिन्न खेलमा म्याच फिक्सिङ गरेको आरोपमा दुई हप्तादेखि प्रहरी हिरासतमा रहेका ५ जना खेलाडीलाई विशेष अदालतले १७ दिन थुनामा राख्न म्याद थपेको छ ।

अनुसन्धान नपुगेको भन्दै प्रहरीले उनीहरुलाई मंगलबार विशेष अदालतमा म्याद थपका लागि उपस्थित गराएको थियो ।

दसैंमा अदालत बन्द भएका कारण उनीहरुविरुद्ध प्रहरीमै मुद्दा दायर गरिएको हो । राज्य विरुद्धको अपराधमा उनीहरुविरुद्ध मुद्दा चलाइएको र यो मुद्दा विशेष अदालतले हेर्ने भएकाले उनीहरुलाई अदालतमा लगिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।

म्याच फिक्सिङको आरोपमा अपराध महाशाखाले राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित सन्दीप राई, रितेश थापा र विकाससिंह क्षेत्री तथा प्रशिक्षक अन्जन केसीलाई गत असोज महिनामा पक्राउ गरेको थियो ।

उनीहरुमाथि भारत, इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेतलगायत राष्ट्रमा भएका प्रतियोगितामा मिलेमतोमा खेल खेलेको आरोप छ ।

‘होम एन्ड अवे’को आधारमा सन् २०११ मा भएको विश्वकप छनोटमा नेपालले जोर्डनसँगको अवे गेममा ९–० को लज्जास्पद हार व्यहोरेको थियो । तर घरेलु मैदान काठमाडौँमा भएको खेलमा भने नेपालले जोर्डनसँग १–१ गोलको बराबरी नतिजा निकालेको थियो ।

यी खेलाडीमाथि उमेर समूह, मैत्रीपूर्ण खेल तथा विश्वकप छनोटलगायतका १६ देखि २३ वटा अन्तराष्ट्रिय खेलमा मिलेमतो गरेको आरोप छ । एक वर्षअघि दक्षिण कोरियाको इन्चोन सहरमा सम्पन्न १७ औँ एसियाली खेलकुद प्रतियोगिता ९एसियाड०मा समूह चरणका सबै खेलमा लज्जास्पद हार खेपेको नेपाललाई त्यतिबेलै खेल मिलेमतो गरेको आरोप लागेको थियो ।

दोहामा एक वर्षअघि फिलिपिन्ससँग भएको मैत्रीपूर्ण खेलमा समेत नेपाल पराजित भएको थियो । एसियाडमा खेल मिलेमतो भएको विषयमा संसद्को सार्वजनिक लेखा समितिमा समेत छलफल भएको थियो ।

ती खेलाडीले सन् २००८ देखि सन् २०१४ को बीचसम्म भएका अधिकांश अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा आशातीत प्रदर्शन गर्न सकेका छैनन् ।

प्रहरीले कप्तान थापालाई थापाथली, गोलकिपर थापा र राईलाई बालुवाटार तथा क्षेत्री र केसीलाई जावलाखेलबाट पक्राउ गरेको थियो ।