११ कार्तिक २०८३, बुधबार

मातहत कर्मचारीलाई गृहमन्त्रीको कडा निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shakti-basnetकाठमाडौँ, १० कात्तिक । गृहमन्त्री शक्तिबहादुर बस्नेतले जनताप्रति उत्तरदायी कार्यशैली अपनाउन मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालय मातहतका विभिन्न महाशाखा तथा शाखाका कर्मचारीलाई आज निर्देशन दिँदै उहाँले बदलिएको परिस्थितिमा कर्मचारीले आफ्नो कार्यशैलीमा सुधार गर्नुपर्ने र जनतालाई विश्वासमा लिएर अगाडि बढ्न आग्रह गर्नुभयो । सुरक्षाको पूर्ण प्रत्याभूति हुने वातावरण बनाउन र व्यवहारमा परिवर्तन ल्याउन पनि उहाँले आग्रह गर्नुभयो । रासस