३० आश्विन २०८३, शुक्रबार

दसैंतिहारमा ‘गोर्खा पल्टन’का प्रशान्त मालामाल !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pradeshi-prasanta-tamangकाठमाडौं । गत वर्ष दसैंतिहारका बेला ‘गोर्खा पल्टनबाट’ चर्चामा आएका गायक तथा नायक प्रशान्त तामाङ यसवर्षको दसैं र तिहारमा मालामाल भएका छन् ।

दसैंलाई लक्षित गरेर प्रदर्शनमा आएका चार फिल्महरु मध्ये पूर्व इन्डियन आइडियल समेत रहेका प्रशान्तको फिल्म ‘परदेशी’ ले कमालको व्यापार गरेपछि उनी फेरि चर्चामा आएका हुन् । उनको फिल्मसँगै आश गरिएका फिल्म ‘अधकट्टी’ र आर्यन सिग्देलको ‘सुश्री’ले गतिलो व्यापार गर्न सकेका छैनन् ।

‘गोर्खा पल्टन’ निर्देशक नारायण रायमाझीको निर्देशन एंव निर्माण रहेको फिल्म ‘परदेशी’ले काठमाडौं तथा मोफसलका पर्दाहरुमा आक्रमक व्यापार गरिरहेको छ । एक सातामा यो फिल्मले झण्डै दुई करोड ग्रस कलेक्सन गरेको रिपोर्ट सार्वजनिक भएको छ । यसअघि गोर्खा पल्टनले पनि राम्रै व्यापार गरेको थियो ।