११ कार्तिक २०८३, बुधबार

दसैंमा दाहाल परिवारलाई यसरी लाग्यो दशा, जायजेथा सबै खरानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Taplejung-aaglagi5ताप्लेजुङ, ९ कात्तिक । ताप्लेजुङको खेवाङस्थित साँगादिन बजारमा विद्युत् चुहावट भई दुई घरमा आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ ।

खेवाङ–४ निवासी भीम दहालको घरमा बिहान करिब ९ बजे आगलागी भएको हो । आगलागीबाट घरमा भएको पसलका सामान, गरगहना, नगद, र अन्य घरायसी सरसामान गरी करिब रु ३० लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले बताएको छ ।

आगलागीबाट संँगै रहेका दुईवटा घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । घरमा साना बालबच्चा मात्रै भएको समयमा विद्युत् चुहावट भई आगलागी भएको खेवाङ प्रहरी चौकीले जनाएको छ ।

स्थानीयवासीले करिब १ घण्टापछि मात्रै आगलागी नियन्त्रणमा लिएका थिए । आगलागीपछि दहालको परिवार अहिले नजिकै आफन्तकोमा शरण लिएर बसेका छन् ।

गाउँगाउँमा बिजुली बत्तीको सुविधा पुगे पनि कतिपय ठाउँमा व्यवस्थित जडान नहुँदा साथै जनचेतनाकै अभावले गर्दा यस प्रकारका घटना निम्तने गरेको स्थानीयबासीको भनाइ छ । रासस