११ कार्तिक २०८३, बुधबार

एमालेले विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनायो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bidhya-Bhandariकाठमाडौं, ९ कात्तिक । सत्तारुढ दल नेकपा एमालेले उपाध्यक्ष विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार विहान बसेको एमाले स्थायी समिति बैठकले उपाध्यक्ष भण्डारीलाई राष्ट्रपति पदमा अघि सारेको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

विद्या भण्डारीको उम्मेदवारीसँगै अब नेपालले पहिलो महिला राष्ट्रपति पाउने पक्का भएको छ ।

यसअघि प्रमुख पद मध्येको सभामुख पदमा समेत ओनसरी घर्ती निर्वाचित भएसँगै नेपालले पहिलो महिला सभामुख पाएको थियो ।