११ कार्तिक २०८३, बुधबार

अन्ततः राष्ट्रपतिमा पनि काँग्रेस र एमाले भिड्ने पक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-UML

काठमाडौँ, ८ कात्तिक । नेपालको राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन बहुमतीय प्रक्रियाबाट हुने भएको छ ।

नेपालको संविधानको धारा २९७ को उपधारा (२) बमोजिम राजनीतिक सहमतिका आधारमा ती पदमा उम्मेदवारीको प्रस्ताव दर्ता नभएपछि बहुमतीय प्रक्रिया प्रारम्भ हुने भएको हो ।

व्यवस्थापिका–संसद्ले हिजो राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रयोजनका लागि सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार आज अपराह्न १ बजेसम्म राष्ट्रपति र उपराष्ट्रपति पदको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने अवधि तोकिएको थियो ।

संविधानको धारा २९७ को उपधारा (३) बमोजिम अब राष्ट्रपति र उपराष्ट्रपति पदमा उम्मेदवारी प्रस्ताव दर्ता गर्नुपर्नेछ ।

उक्त प्रयोजनका लागि यही कात्तिक १० गते बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म उम्मेदवारको प्रस्ताव दर्ता गर्नुपर्नेछ । रासस