११ कार्तिक २०८३, बुधबार

मधेसी मोर्चाका कार्यकर्ता किसानको मलको बोरा लुटे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

morcha (1)गौशाला, ८ कात्तिक । महोत्तरीको मटिहानी सीमानाकामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले भारतबाट ल्याइएको लाखौँ मूल्य बराबरको मालसामान जलाएका छन् ।

बहत्तर दिनदेखिको मधेस बन्द र ३१ दिनदेखिको नाका जामका बेला घर खर्च तथा खेतबारीमा राख्नका लागि ल्याइएका दर्जनौँ बोरा मल, खाद्यान्न, तेल, मसलालगायत वस्तु आन्दोलनकारीले खोसेर बाटोमा फाली आगो लगाएका हुन् ।

त्यस्तै भारतबाट मोटरसाइकलमा ल्याइएको पेट्रोल र सिँचाइ तथा जेनेरेटर सञ्चालनका लागि ल्याइँदै गरेको सयौँ लिटर डिजल पनि आन्दोलनकारीले खोसेर जलाएको तथा तरकारी, फलफूल, दूधलगायत वस्तु भुइँमा फ्याकेर र पोखेर नष्ट गरेको बताइएको छ ।