काठमाडौं। त्सेछेन शेडुप लिङ साक्य थारिग गोन्पाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ।
गोन्पाका गुरुहरू छिरिङ तेन्दु गुरुङ, नुर्बु गुरुङ र धावा लामाको पहलमा उक्त सहयोग रकम उपलब्ध गराइएको हो।
उक्त रकम प्रतिनिधिसभा सदस्य राम लामाको समन्वयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय खड्कराज पौडेलमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो।
सहयोग हस्तान्तरणका क्रममा मन्त्री पौडेलले विपद्का बेला मातृभूमिप्रतिको जिम्मेवारीबोधका साथ सहयोग प्रदान गर्ने गोन्पाका गुरुहरू तथा सम्पूर्ण सहयोगदाताहरूप्रति धन्यवाद व्यक्त गरे।
यस सहयोगले विपद् प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।















प्रतिक्रिया