११ कार्तिक २०८३, बुधबार

कांग्रेसका यी दुई संस्थापक सेवकलाई कसले दियो आर्थिक सहयोग ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

७० वर्षीय सुरेश श्रेष्ठ (कान्छा दाई)
७० वर्षीय सुरेश श्रेष्ठ (कान्छा दाई)

काठमाडौं, ८ कात्तिक । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा (पछिल्लो समय)मा लामो समय सेवा गरेका २ जनाको उपचारका लागि कांग्रेसले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

कांग्रेसको स्थापनाकालदेखि झण्डै ४ दशकभन्दा बढी समय कांग्रेस कार्यालयमा काम गरेका ८३ वर्षीय मोहन केसी र ७० वर्षीय सुरेश श्रेष्ठ (कान्छा दाई) लाई उपचारका लागि जनही ५०–५० हजार रुपियाँ सहयोग गरिएको हो ।

केसीको रातोपुल र श्रेष्ठको बानेश्वरस्थित निवासमै पुगेर कांग्रेस केन्द्रीय सदस्य एवं सांसद धनराज गुरुङले ५०–५० हजार रुपियाँ नगद हस्तान्तरण गर्नुभएको थियो ।

नेपाली जनसम्पर्क समिति अमेरिकाले उनीहरूको उपचारका लागि जुटाएको रकम आफूले हस्तान्तरण गरेको केन्द्रीय सदस्य गुरुङले बताउनुभयो ।

‘नेपाली कांग्रेसका लागि दशकौँ खटिएका व्यक्तिको उपचारमा रकम अभाव हुनु दुःखद् हो । यद्यपि हामीले सबैलाई आग्रह गरेर जुटेको रकम उपलब्ध गराउँदै आएका छौँ’, गुरुङले भन्नुभयो ।

उहाँले उपचारका लागि थप रकम संकलन गर्ने अभियान जारी राखेको बताउनुभयो ।

दुवै जनालाई दमको समस्या रहेको छ । केसी विगत ३ वर्षदेखि अक्सिजनको भरमा बाँचिरहनु भएको छ ।

श्रेष्ठलाई पनि दम र कुपोषणको समस्या छ । उपचार सहयोग बुझ्दै दुवै जनाले कांग्रेसका दुःखीहरूलाई सहयोग गर्न पार्टीले नै संस्थागत पहल गरोस् भन्ने चाहना रहेको बताए ।

८३ वर्षीय मोहन केसी
८३ वर्षीय मोहन केसी