काठमाडौं, ८ कात्तिक । एमालेले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल हुनेछ । बैठक एघार बजेपछि बस्नेछ ।
एमालेले राष्ट्रपति निर्वाचनमा आफैले उम्मेदवारी दिने निर्णय गरेको छ । एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ र विद्यादेवी भण्डारीको नाम अग्रपंत्तिमा छ ।















प्रतिक्रिया