लस भेगास । पाप गायिका ब्रिटनी स्पीयर्सको लाइभ शो कार्यक्रममा नाची रहेका बेला माथिल्लो भागमा लगाएको कपडा च्यातिएको छ ।
गायिका ब्रिटनी स्पीयर्स ‘वार्डरोब मालफङ्क्शन’को शिकार भएकी हुन् । अमेरिकाको लास भेगासमा शो भई रहेका बेला ब्रिटनी स्पीयर्सको ड्रेसको पछाडिको भाग पूरै खुलेको थियो ।
आफ्नो ड्रेसको पछाडिको भाग खुलेको जानकारी ब्रिटनीले ग्रुपमा नाची रहेका साथीहरूलाई गराएकी थिइन् । उनको कपडा मिलाउने प्रयास गरेको दृश्य भिडियोमा पनि प्रत्यक्ष रुपमा देख्न सकिन्छ ।
त्यसपछि उनका साथीहरूले खुलेको कपडालाई मिलाउने प्रयास गरेपनि सफल हुन सकेनन् । आफ्नो प्रस्तुती नसक्किँदासम्म ब्रिटनीले अन्त्यसम्म खुलेकै कपडामा नाचेकी थिइन् । – एजेन्सी















प्रतिक्रिया