१२ कार्तिक २०८३, बिहिबार

पत्रकारिताका अभियान्ता पत्रकार भगतलाई ‘प्रकृति संरक्षण पुरस्कार’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

12039655_767300410059214_2794384117397670405_nचितवन, ७ कात्तिक । मोफलमा टेलिभिजन एवं संरक्षण पत्रकारिताका अभियान्ताका रुपमा परिचित पत्रकार कोमलचन्द्र भगत ‘प्रकृति संरक्षण पुरस्कार’बाट सम्मानित हुनु भएको छ ।

वन प्राविधिक समाज चितवनले आभाष टेलिभिजनका प्रबन्ध निर्देशकसमेत रहनु भएका भगतलाई ‘प्रकृति संरक्षण पुरस्कार’बाट सम्मान गरेको हो ।

टेलिभिजन कार्यक्रममार्फत प्रकृति संरक्षण तथा वन, वन्यजन्तु संरक्षणसम्बन्धी क्रियाकलाप गरेको तथा वन्यजन्तुसम्बन्धी खोज तथा अनुसन्धान गरेको कारण समाजले पहिलो पटक उक्त पुरस्कारबाट भगतलाई सम्मानित गरेको हो ।

शनिबार भरतपुरमा आयोजित वन प्राविधिक समाजको दशौँ वार्षिक भेला एवम् छैठौं साधारण सभाको अवसर पारेर भगतलाई सम्मान गरेको हो ।

टेलिभिजन कार्यक्रममार्फत प्रकृति संरक्षणमा योगदान पुराएको भन्दै समाजले भगतलाई सम्मानपत्र र नगर १५ हजार रुपियाँसहित सम्मान गरेको थियो ।

सम्मानित भएपछि भगतले उक्त सम्मानले आफूलाई आगामी दिनमा संरक्षण कार्यक्रमा जुट्नको लागि थप हौसला प्रदान गरेको बताउनुभयो ।

जिल्लामा विट पत्रकारिताको विकास हुँदै गएको तर संरक्षण विटमा पत्रकारिताको थालनी नभएकोले आफूले पुरस्कार पाएको रकमले संरक्षण पत्रकारिता विधाको सुरुआतको लागि खर्च गर्ने भगतले बताउनु भएको छ ।

यसैबीच, कार्यक्रममा सहभागीहरुले वन प्राविधिकहरुमा कार्य दक्षता हुनुपर्ने बताएका छन् । कर्मचारीहरुमा कार्य दक्षता नहुंदा एउटा जिल्लाको लागि योग्य व्यक्ति अन्य जिल्लाबाट मगाउनुपरेको उनीहरुको गुनासो रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वन तथा भू–संरक्षण मन्त्रायलका सह सचिव मनबहादुर खड्काले वन प्राविधिकहरुले गरेका राम्रो कामको बारेमा सबैलाई जानकारी गराउनुपर्ने बताउनु भयो ।

धेरै जिल्लाहरुमा वृक्षरोपण कार्यक्रम असफल हुनुको कारण जिल्ला वन अधिकृत सरुवा भए्र गएपछि अर्को आउने प्रमुखले त्यो कामको जिम्मेवार नलिनु भएको खड्काले बताउनु भयो ।

आफूभन्दा अगाडिको प्रमुखले गरेको राम्रो कामलाई त्यसपछिको प्रमुखले पनि निरन्तरता दिएमा वन प्राविधिकहरुको पनि सबैले चर्चा गर्ने खड्काले बताउनु भएको छ । राम्रो कामको सबै कर्मचारीले अनुसरण गर्न सहसचिव खड्काले सबै वन प्राविधिकहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रममा प्रकृति संरक्षण पुरस्कार अक्षयकोषका संरक्षक तथा वन विभागका पूर्व महानिर्देशक गोकुलराज पाण्डेले प्रत्येक कर्मचारीले आफू पुगेको ठाउँमा उदाहरणीय काम गर्नुपर्ने बताउनु भएको छ ।

उक्त कार्यक्रममा वन प्राविधिक समाजकी सचिव सुधा सुवेदीले संस्थाको प्रगति प्रतिवेदन तथा कोषध्यक्ष कृष्णप्रसाद पौडेलले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष हरिप्रसाद पोखरेल, पश्चिमाञ्चल वन कार्यलयका उप निर्देशक खडानन्द शर्मा, समाजका सल्लाहकार दुर्गाबहादुर कार्की, समाजका पूर्व अध्यक्ष इमनाथ पौडेल, अम्बिका पौडेल, पर्वतका जिल्ला वन अधिकृत कृष्णप्रसाद ढकाल, ललितपुरका जिल्ला वन अधिकृत डाक्टर विनोद देवकोटालगायतले मन्तव्य राख्नु भएको थियो ।

उक्त कार्यक्रममा वन प्राविधिक समाजका संस्थापक अध्यक्ष स्वर्गीय रविप्रसाद तिमिल्सीनालाई मरणोपरान्त कदरपत्रद्वारा सम्मानित गरिएको थियो । तिमिल्सिनाको कदरपत्र उनकी धर्मपत्नी शैलाजा तिमिल्सीनालाई प्रदान गरिएको थियो । कार्यक्रम वन प्राविधिक समाज चितवनका अध्यक्ष देवीप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।