११ कार्तिक २०८३, बुधबार

वीरेन्द्रलाई चक्कु प्रहार गर्नेहरू कञ्चनपुरमा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jailकञ्चनपुर, ६ कात्तिक । कञ्चनपुरको बेदकोट नगरपालिका गैलनदीका २२ वर्षीय वीरेन्द्र पाठकलाई चक्कु प्रहार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सामान्य विवादमा बुधबार राति ११ बजे पाठकको पेटमा चक्कु प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

चक्कु प्रहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका महेश क्षेत्री, भुवन क्षेत्री, डम्बर धामी र महेन्द्र चौधरीलाई बिहिवार पक्राउ गरेको छ ।

पक्राउ परेका चारै जना जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएका छन् ।

चक्कु प्रहारबाट घाइते भएका पाठकको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारततर्फ लगिएको छ ।