११ कार्तिक २०८३, बुधबार

शेष घलेलाई उत्कृष्ट उद्धारकर्ता सम्मान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shesh_ghale

काठमाडौंँ ५ कात्तिक । विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समितिले गत वैशाखको ‘गोरखा भूकम्प’का भूकम्पपीडितलाई उद्धार गर्नेमध्ये गैर आवासीय नेपाली सङ्घ (एनआरएन)का अध्यक्ष शेष घलेलाई उत्कृष्ट उद्धारकर्ताको सम्मान प्रदान गरेको छ ।

सो अवसरमा घलेले सो सम्मान आफ्ना लागि पहिलो र महत्वपूर्ण भएको बताउँदै साहित्य महासङ्घसँग एनआरएनले सहकार्य गर्ने इच्छा व्यक्त गर्नुभयो । महासङ्घले तत्कालै बहादुरीपूर्वक र विवेकपूर्वक भूकम्प पीडितको उद्धारमा संलग्न सशस्त्र प्रहरी हवल्दार कृष्णबहादुर बस्नेत, उपचारमा अहोरात्र संलग्न नर्सद्वय जसमाया जिरेल र शारदा श्रेष्ठ तथा स्वयम्सेवक परिचालक तथा उद्धारकर्ता बब्रिमकुमार केसीलाई मङ्गलबार जनही रु २५ हजारसहित सम्मानपत्र प्रदान ग¥यो ।

सोही अवसरमा केही महिनाअघि सम्पन्न साहित्य महासङ्घको दोस्रो विश्वव्यापी खुल्ला कविता प्रतियोगिताका विजयीलाई पनि नगदसहित पुरस्कार प्रदान गरियो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल सन्देश सुब्बालाई रु २० हजारसहित प्रमाणपत्र प्रा डा. गोविन्दराज भट्टराईले हस्तान्तरण गर्नुभयो । त्यस्तै मैथिली भाषाका उत्कृष्ट पुनम ठाकुरलाई रु पाँच हजार र नेपालबाट प्रतिनिधि मूल्याङ्कनकर्ता ठाकुर बेलवासेलाई मूल्याङ्कनबापत रु पाँच हजार प्रदान गरियो ।

समारोहमा साहित्य महासङ्घका केन्द्रीय अध्यक्ष विश्वासदीप तिगेला, केन्द्रीय उपाध्यक्ष सागर श्रेष्ठ, सचिव खगेन्द्र अधिकारी, कोषाध्यक्ष केदार सङ्केत, शाखाका अध्यक्ष गोविन्द गौतम, कुवेत शाखाका अध्यक्ष अमित राई, इजरायल शाखाका प्रतिनिधि नितु खनाल र नेपाल शाखाका अध्यक्ष रमेश कँडेलले महासङ्घले विश्वमा नेपाली साहित्यलाई पु¥याउन विभिन्न गतिविधि गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा साहित्यकार रमेश पौडेल र सुशील पराजुलीले आआफ्नो सिर्जना वाचन गर्नुभएको थियो । रासस