३० आश्विन २०८३, शुक्रबार

मधेशी मोर्चालाई छक्काउँदै काठमाडौँ आइपुग्यो इन्धन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oil Nepal Tankar

काठमाडौँ, ४ कात्तिक । मध्य तराईका जिल्लामा मधेशी मोर्चाले आन्दोलन जारी राखेपछि सुदूरपश्चिमको कैलाली हुँदै राजधानीमा पेट्रोलियम पदार्थ ल्याइएको छ ।

कैलाली भन्सार नाकाबाट भित्रिएको पेट्रोलियम पदार्थ नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीमार्फत बुधबार काठमाडौँ पठाउन सुरु गरिएको हो । कैलाली भन्सार नाकाबाट भित्रिएको मध्ये सात ट्याङ्कर डिजेल र एक ट्याङ्कर हवाई इन्धन बुधबार काठमाडौँ पठाइएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय प्रमुख शरद पौडेलले जानकारी दिए ।

काठमाडौं ल्याइएको सात ट्याङ्करमा एक लाख ४० हजार लिटर डिजेल र अर्को एक ट्याङ्करमा २० हजार लिटर हवाइ इन्धन रहेको बताइएको छ ।

सुदूरपश्चिममा डिजेल तथा पेट्रोलको अभाव कायमै रहेको अवस्थामा आयल निगम क्षेत्रीय कार्यालयले इन्धन काठमाडौंँ पठाएको हो ।

मध्य तराईको खासगरि वीरगञ्ज लगायतका भन्सार नाकामा मधेशी मोर्चाले अवरोध सिर्जना गरेपछि नेपालमा इन्धन भित्रन सकेको छैन । आन्दोलनकारीलाई छल्दै सरकारले पश्चिम तराईका जिल्लाबाट इन्धन ल्याउने तयारी थालेको स्रोतले बतायो ।