११ कार्तिक २०८३, बुधबार

राष्ट्रपतिबाट शक्तिपीठमा पूजाआराधना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr.-Ram-Baran-YadavPresident-of-Nepalकाठमाडौँ, ४ कात्तिक । बडादशैंको महाअष्टमीको अवसरमा राष्ट्रपति डा रामवरण यादव आज बिहान उपत्यकाभित्र रहेका विभिन्न शक्तिपीठमा गई शक्ति स्वरूपा देवी दुर्गाको पूजाआराधना तथा दर्शन गर्नुभयो ।

सो अवसरमा राष्ट्रपति डा यादवले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, सङ्कटा, शोभा भगवतीलगायत शक्तिपीठमा देवीको अर्चना एवम् दर्शन गर्नुभएको थियो ।

ती शक्तिपीठहरूमा पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि ठूलो भीड लागेको छ । रासस