झापा, ४ कात्तिक । झापाको शनिअर्जुन नगरपालिकामा ४ वटा सिसी क्यामेरा जडान गरिएको छ ।
स्थानीयहरुले चन्दा संकलन गरेको रकमले झापाको शनिअर्जुन नगरपालिकाको शनिश्चरे बजारमा मगलबार ४ वटा सिसी क्यामेरा जडान गरिएको हो । सांसद प्रेम गिरीले एक कार्यक्रमकाबीच सिसी क्यामेराको उद्घाटन गर्नुभयो ।
झापाली कान्छो क्लब शनिअर्जुनका स्थानीय युवाहरुले चन्दा र सहयोग तथा गत तिहारमा देउसी खेली बचाएको रुपैयाँले २ लाख बढी रुपैयाँको लागतमा यो अभियान सञ्चालन गरेको झापाली कान्छो क्लबका सरक्षक तथा स्थानीय समाजसेवी बलदेव गोम्देनले बताउनुभयो । चोरी डकैती, अपराध लगायतलाई न्युनीकरण गर्न सिसी क्यामेरा जडान गरिएको उहाँको भनाई छ ।
यो अभियानले समाजका सबै तहका मानिसलाई सहज र होसियार भएर अघि बढ्न सजिलो हुने स्थानीयहरुले बताएका छन् ।
















प्रतिक्रिया