३० आश्विन २०८३, शुक्रबार

एमालेका नेता ज्वालाले किन आफ्नो मन थाम्न सकेनन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakash-Jwala-Budathokiकाठमाडौं, ४ कात्तिक । एमालेका नेता एवम् पोलिटब्यूरो सदस्य प्रकाश ज्वालाले सरकारका मन्त्रीहरूलाई पेट्रोलियम पदार्थ प्रयोगमा मितव्ययिता अपनाउन सुझाव दिनुभएको छ ।

एमाले नेता ज्वालाले सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेखेर मन्त्रीहरूको सुरक्षाका लागि खट्टिने अगुवा र पिछुवा सवारीलाई पेट्रोलियम पदार्थको आपूर्ति सहज नहुँदासम्म कटौती गर्न आग्रह गर्नुभएको हो ।

मन्त्रीहरूले आफ्नो सुरक्षाका लागि भन्दै अगाडि र पछाडि थुपै्र सवारी चलाउने गर्छन् ।

पूर्वप्रधानमन्त्री र मन्त्री तथा उच्च पदमा रहेकाहरूले पनि सुरक्षाका नाममा यसरी लिएका सुविधाका सवारीले पनि पेट्रोलियम पदार्थको फजुल खर्च गरिरहेको आरोप छ ।

‘दसैँको बेलामा फ्यूलको अभावमा गाडीको कमीको कारण यात्रुहरू बिचल्लीमा छन्’, एमाले नेता ज्वालाले भन्नुभएको छ, ‘आज (मंगलबार) जमलमा ट्राफिकले खाली गाडीहरू रोकेर यात्रुलाई पठाउँदै उद्दार गरीरहेकोे मानवीय दृश्य, अर्काेतिर मन्त्रीको गाडी प्रहरीका अगुवा पिछवासहित कान फुट्ने गरी मान्छेलाई धक्का दिँदै हुईकिएको भद्दा दृश्य । मन्त्रीहरू एउटा गाडीमा गुडेर फजुल खर्च रोकी फ्यूल जोगाएर सार्वजनिक सवारी साधनलाई उपलब्ध गराए जनतालाई अलिकति राहत हुन्थ्यो की ?’