३० आश्विन २०८३, शुक्रबार

चिनियाँ राष्ट्रपतिलाई बेलायतमा भव्य स्वागत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Xi-Jinpingलन्डन, ४ कात्तिक । चिनियाँ राष्ट्रपति सि जिनपिङलाई बेलायतमा भव्य स्वागत गरिएको समाचार छ । औपचारिक भ्रमणका क्रममा उहाँ सोमबार साँझ लन्डन पुग्नुभएको थियो ।

बेलायतकी महारानी एलिजावेथ द्वितीयाले चिनियाँ राष्ट्रपति सिको स्वागतका लागि लन्डनमा एक परम्परागत एवम् सांस्कृतिक भव्य स्वागत समारोहको आयोजना गर्नुभएको बताइएको छ ।

महारानीको आमन्त्रणमा चिनियाँ प्रथम महिला पेङ लिवानको साथ सोमबार साँझ बेलायतको राजधानी सहर लन्डन पुग्नुभएका राष्ट्रपति सिलाई मङ्गलबार अपराह्नमा सो कार्यक्रमको अयोजना गरिएको हो ।

उहाँहरु बस्नुभएको होटलमा बेलायतका राजकुमार चाल्र्सले घोडचढीमार्फत यात्रा गराउनुका साथै विशेष सांस्कृतिक र परम्परागत समारोहको आयोजना गर्नुभएको थियो ।

उहाँहरुको सो घोडचढी सवारको स्वागतका लागि बकिङ्गघम प्यालेसको द्वारदेखि नै सडकको दुवैतर्फको किनारमा हजारौँ नागरिक बसेका थिए ।

चिनियाँ राष्ट्रपतिको यो दश वर्षपछिको पहिलो भ्रमण हो । सन् २००५ पछि सिको यो भ्रमण नै चिनियाँ राष्ट्रपतिको हैसियतको पहिलो भ्रमण हो ।

साथै सि जिनपिङ पनि राष्ट्रपतिमा निर्वाचित भएपछिको यो पहिलो बेलायत भ्रमण हो ।

उहाँको भ्रमण आगामी शुक्रबार सम्पन्न हुनेछ । यस भ्रमणका क्रममा महारानी एलिजावेथ द्वितीयाले राष्ट्रपति सिको सम्मानमा रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।

राष्ट्रपति सिले ब्रिटिस प्रधानमन्त्री डेभिड क्यामरुनसँग भेटवार्ता गर्नुहुने छ । साथै लन्डनका मेयरले आयोजना गर्ने भव्य रात्रिभोज समारोहमा पनि उहाँ उपस्थित हुनुहुने चिनियाँ विदेशमन्त्रालयले जनाएको छ ।

विदेश मन्त्रालयका अनुसार उहाँ भ्रमणका लागि म्यान्चेस्टर पुग्नुहुने छ । त्यहाँ उहाँले स्थानीय व्यापारिक समुदायसँग भेटघाट एवम् अन्तक्र्रिया गर्नुका साथै अनुसन्धान आयोजनाहरुको पनि अवलोकन गर्नुहुने छ । रासस÷सिन्ह्वा