११ कार्तिक २०८३, बुधबार

मोटरसाइकल जुध्दा पाँच जनाको अवस्था चिन्ताजनक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ३ कात्तिक । गौर –चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत जयनगरमा आज दुई मोटरसाइकल ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गरुडाका अनुसार घाइतेमध्ये पाँचै जनाको अवस्था चिन्ताजनक छ । चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको बीआर३०बी ५४९५ नंको मोटसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बीआर३०३० नंको भारतीय मोटरसाइकल जुधेका थिए ।

घाइतेमध्ये दुई जनाको थप उपचारका लागि वीरगन्ज पठाइएको र बाँकीको गरुडा नगरपालिकास्थित अनामिका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै मोटरसाइकल हाल प्रहरीको नियन्त्रणमा छ । रासस