२२ कार्तिक २०८३, आइतबार

राष्ट्रपति डा.यादवले दसैँको टीकाको दिन टीका लगाइदिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rambaran-yadav-Sambidhan-ghosanaकाठमाडौं, २ कात्तिक । राष्ट्रपति डा.रामवरण यादवले टीका ग्रहण गर्न इच्छुक नेपाली नागरिकहरूलाई टीका लगाइदिने जनाउनुभएको छ ।

राष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्तिअनुसार डा.यादवले कात्तिक ५ गते बिहीबार दिउँसो १ बजेर ३० मिनटदेखि ५ बजेसम्म टीका प्रदान गर्नु हुनेछ ।

सो समयभित्र राष्ट्रपति कार्यालय शीतल निवासको ढोका सर्वसाधारणका लागि खुला रहनेछ । यसअघि पनि डा.यादवले सर्वसाधारणहरूलाई दसैँमा टीका लगाइदिँदै आउनुभएको थियो ।

pressnote2072.07.02