३० आश्विन २०८३, शुक्रबार

दसैंको अवसरमा हात्तीले पनि खेले फुटबल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hatti-game

– सुदीप अधिकारी
बर्दिया, २ कार्तिक । बडा दशैँको अवसरमा बर्दियामा सोमबार हात्ती फुटबल खेल प्रतियोगिता सम्पन्न भएको छ । विगतका वर्षहरुमा दशैँको टिकाका दिन बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसार प्राङगणमा आयोजना गरिने हात्तीबाट सुंगुरको पाठो कुल्चाउने परम्परागत खेलको अन्त्य हात्तीबाट फुटबल खेलाउने खेल आयोजना गरिएको हो ।

हात्ती फुटलबल खेलमा ठाकुरगज ए र ठाकुरगज बि बीच भएको खेलमा ठाकुरजग ए ले बि लाई शुन्यका विरुद्ध तीन गोल गरी विजय प्राप्त गर्न सफल भयो । बर्दिया निकुञ्ज नजिकको हात्तीसारमा भएको हात्ती फुटबल खेल हेर्न हजारौं दर्शकहरुको आएका थिए ।

वन, वन्यजन्तु तथा स्थानीय कला संस्कृतिको जर्गेना गर्ने उदेश्यका साथ चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका युवाहरुले दशैँको अवसरमा तेश्रो हात्ती मेला कार्यक्रमको आयोजना गरी हात्ती फुटवल प्रतियोगिता संचालन गरेका हुन् ।

विगतका बर्षहरुमा दशैको टिकाको दिन बर्दिया निकुञ्जको हात्तीसारस्थित खुला चौरमा हात्तीबाट सुँगुरको पाठो कुल्चाउने खेलको आयोजना गर्ने गरिएको थियो । सुंगुरको पाठोलाई कुचाउने निकै लामो समयदेखिको प्रथालाई अन्त्य गरी विगत तीन बर्षदेखि यहाँका युवाले दशैको अवसरमा हात्ती फुटबल खेलको आयोजना गर्दै आएका छन् ।

स्थानिय कला संस्कृतीको जगेर्ना, संरक्षणमा लागेका अग्रजहरुलाई सम्मान, निकुञ्जको जैविक विविधता र वन्यजन्तु संरक्षणमा एकजुट हुनुपर्ने सन्देश दिने उदेश्यले दशैँको अवसरमा हात्ती फुटवल खेल लगायतका कार्यक्रमको आयोजना गरीएको चोरी शिकार नियन्त्रण युवा परीचालन अभियान समन्वय समितिका अध्यक्ष हेमन्त आचार्यले जानकारी दिए ।