२२ कार्तिक २०८३, आइतबार

उपसभामुख यादवले शपथ लिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गंगाप्रसाद यादव

काठमाडौँ, २ कात्तिक । नवनिर्वाचित उपसभामुख गङ्गाप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

सभामुख ओनसरी घर्तिमगरले व्यवस्थापिका–संसद् सचिवालयमा आयोजित विशेष समारोहमा उहाँलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको हो । विसं २००७ मा सप्तरीको जोगिनिया–७ मा जन्मनुभएका यादव राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का केन्द्रीय सदस्य हुनुहुन्छ ।

विसं २०४६ मा प्रजातन्त्रको पुनःस्थापनापछि उहाँ मुलुकको आठाँै उपसभामुखको रुपमा गत असोज २९ गते संसद्मा भएको निर्वाचनमा निर्विरोध चुनिनुभएको थियो । विसं २०२६ देखि राजनीतिमा प्रवेश गर्नुभएका यादवले मुलुकमा लोकतन्त्रका लागि विभिन्न समयमा भएका आन्दोलनमा दुई महिना १० दिन बन्दी जीवन बिताउनुभएको थियो । रासस