३० आश्विन २०८३, शुक्रबार

भारतीय नाकाबन्दीविरुद्ध बोल्यो बंगलादेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bangladeshकाठमाडौं, २ कात्तिक । नेपालमाथि ‘अघोषित नाकाबन्दी’ गरिरहेको भारतको जताजतै विरोध भइरहेका बेला सार्क सदस्य राष्ट्र बंगलादेशले पनि विरोध गरेको छ ।

बंगलादेशका वाणिज्य मन्त्री टोफेल अहमदले नाकाबन्दी सार्कको भावना विपरित रहेको बताएका छन् । भारतको चर्चित पत्रिका द हिन्दूसँगको अन्तरवार्तामा अहमदले नेपालको नाकाबन्दी दुई देशबीचको मात्रै नभएर सार्ककै मामिलाभित्र पर्ने बताउँदै यसले सार्कका योजनामा पनि गम्भीर असरकोमा चिन्ता व्यक्त गरे ।

सार्कले विकासोन्मुख देशमा सहायता बढाउने र आर्थिक समृद्धिको लक्ष्य लिएको छ । तर भारतको नाकाबन्दीले नेपालको अर्थतन्त्र नराम्रोसँग तहसनहस भएको छ । साथै अहमदले भारतले तत्काल नाकाबन्दी फिर्ता लिनुपर्ने बताएका छन् ।