२२ कार्तिक २०८३, आइतबार

चरम उदण्डता मच्चाउने हालका यी मन्त्री को हुन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

umesh-yadavकाठमाडौं, २ कात्तिक । सप्तरी जिल्लाबाट क्षेत्र नं. ३ बाट निर्वाचित एकीकृत माओवादीका सांसद उमेश यादव केपी ओली नेतृत्वको वर्तमान सरकारका मन्त्री बनेका छन् ।

यादवले आइतबार पद तथा गोपनीयताको शपथ लिए । जिम्मेवारीअनुसार यादवले आइतबार नै सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

संविधानसभा बैठकमा माघ ८ गते कांग्रेस र एमालेसहितका दलहरूले बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्ने तयारी गरेपछि उदण्डता मच्चाइ अराजकता देखाउनै सांसद अरु कोही नभएर अहिलेका मन्त्री यादव नै हुन् ।

यतिसम्मकी यादवले सांसदहरू बस्ने कुर्सी तोडफोड गरेर नपुगेपछि सभामुख सुवासचन्द्र नेम्वाङ बसेको कुर्सीसम्म पुगेका थिए ।

यादवले सभामुख नेम्वाङलाई आक्रमणको प्रयाससमेत गरेका थिए । मर्यादापालकहरूले नरोकेको भए लडाकु शैलीमा सभामुखको कुर्सीसम्मै पुगेका यादवले आक्रमण गर्ने स्वयं उनले आफ्ना पार्टीका नेताहरूलाई भन्ने गरेका थिए ।

सभामुखलाई आक्रमण गर्न पुगेका यादवलाई मर्यादापालकहरूले च्याप्प पक्रेर धकेल्दै लगेर रोष्टमबाट बाहिर हुत्याइदिएका थिए ।

अहिले ओली नेतृत्वको सरकारमा एकीकृत माओवादीाबट तिनै यादव सिँचाइ मन्त्री बनेका छन् ।

संसदमा कुर्सी तोडफोड र अराजकता मच्चाएको भन्दै यादवसहितका एमाओवादीका सांसदहरूलाई तत्कालीन अवस्थामा कारबाहीको सिफारिस गरिएको थियो ।

यादवकै कारण संसदमा लाखौँको क्षती भएको थियो । यादवलाई क्षतिपूर्ति भराउने निर्णय भए पनि अहिलेसम्म उनले क्षतिपूर्ति संसद सचिवालयमा तिरेका छैनन् ।

राज्यको सम्पत्ति नोक्सानी गर्ने र आफ्नो मर्यादा भुल्ने यादवको कार्यका चौतर्फी आलोचना भएको थियो ।

बरु यादवलाई कारबाही गर्नुको साटो एकीकृत माओवादीले पुरस्कृत गरेको छ, मन्त्री बनाएर । त्यो पनि विकासे मन्त्रालय दिएर । संसदमा उदण्डता देखाउने मन्त्री यादवमा सुधार आएको छ वा छैन त्यो भने समयले बताउनेछ ।