२२ कार्तिक २०८३, आइतबार

मन्त्रिपरिषद बैठक बस्दै, आपूर्ति व्यवस्थाका विषयमा गम्भीर छलफल हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Simha_Durbar_Gateकाठमाडौं, २ कात्तिक । मुलुकको पछिल्लो अवस्था, आपूर्ति व्यवस्थालगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

अपरान्ह चार बजे बस्ने बैठकमा मुलुकको समग्र आपूर्ति व्यवस्थाका विषयमा छलफल हुने बुझिएको छ ।

भारतले अघोषित रुपमा लगाएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएपछि मुलुकको जनजीवन अस्तव्यस्त बनेको छ ।

सरकारले पेट्रोलियम पदार्थको बैकल्पिक व्यवस्थाका विषयमा पनि निर्णय गर्न सक्ने बुझिएको छ ।

भारतले अघोषित नाकाबन्दी लगाएपछि सरकारले बैकल्पिक व्यवस्थाको तयारी गरे पनि निर्णय गरेको छैन ।