३० आश्विन २०८३, शुक्रबार

मोदीलाई ६ महिनाको जेल सजायँ ! तर…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narendra_Modi

काठमाडौं, १ कात्तिक । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गृहनगर गुजरातको विधानसभा चुनावमा प्रमाणहरु लुकाएको खुलासा भएको छ । मोदीले विधानसभा चुनावमा आफ्नी श्रीमती नभएको र नाम लुकाएर धाधली गरेको खुलासा भएको हो । मोदीले २०१२ मा भएको चुनावमा यस्तो धाधली गरेका थिए ।

धाधली गरेका बेला गुजरातका मुख्यमन्त्री मोदी नै थिए । त्यो बेलाका कांग्रेस नेता तथा स्थानीयबासी निशान्त वर्माले सोही विषयलाई लिएर अदालतमा मुद्दा हालेका थिए ।

उनको आरोप थियो कि निर्वाचनका बेला सूचना लुकाएर मोदीले गम्भीर अपराध गरेका थिए । भारतको कानुन अनुसार उच्च ओहदामा बसेका व्यक्तिले सूचना लुकाए अपराध मानिन्छ । सूचना लुकाएकै कारण भारतको कानुनले ६ महिना जेल सजायँ र क्षतिपूर्ति भराउने गर्छ ।
तर, पद तथा पैसाले शक्तिशाली मोदीलाई अदालतले कुनै सजायँ दिएन् । गुजरातको अदालतबाट न्याय नपाएपछि सर्वाेच्च अदालत पुगेका निशान्तले त्यहाँबाट पनि न्याय पाएनन् ।

सर्वाेच्च अदालतले पनि यो घटनामा कुनै दम नभएको भन्दै मुद्दा नै खारेज गरिदिएको छ । सर्वाेच्चका न्यायधीश जस्ती चेलमेश्वरले मोदीको मुद्दा खारेज गरेका हुन् ।

यदी यो मुद्दा कारवाही प्रक्रिया अगाडि बढेको भए मोदीलाई प्रधानमन्त्रीबाट अपदस्थ गरी जेल हाल्ने सम्भावना प्रबल थियो । तर पैसा र पदीय शक्तिको अगाडि कुनै कानुन लाग्दैन् भन्ने कुरा यो घटनाबाट प्रष्ट भएको भारतीय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् ।