११ कार्तिक २०८३, बुधबार

नेपाल प्रहरीको विशेष सुरक्षा योजना लागू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-police-logoकाठमाडौँ, १ कात्तिक । नेपाली प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ ।

नेपालीहरुको महान चाड बडादशै, दिपावली र छटपर्वको अवसरमा उपत्यकाको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन महानगरीय प्रहरी परिसर काठमाडौँले सुरक्षा रणनीति सहित बिशेष सुरक्षा योजना बनाएको हो ।

चाडपर्वका समयमा हुने चोरी, डकैती, कालोबजारी लगायतका अपराधी बढ्न सक्ने हुँदा सुरक्षाकर्मीको दुरुस्त परिचालन, नागरिकको जिउधनको सुरक्षा एवं सिध्र सेवा प्रवाह लगायतको उदेश्य राखी योजना लागू गरिएको हो ।

संगठित अपराध र अपराधीलाई नियन्त्रण गर्ने नीति अपनाउने, नागरिक मैत्रीको लागि मुस्कान सहितको सेवालाई पूर्णरुपमा कार्यान्वयन गर्ने, समुदायसंग सम्वन्य र सहकार्य गरी सुरक्षा सम्बन्धी जनचेतनामुलक कार्यक्रम गर्ने रणनीति लिइएको छ ।