२२ कार्तिक २०८३, आइतबार

ओलीलाई भोट नहाल्दा सांसदको पद धरापमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajya-laxmiकाठमाडौं, १ कात्तिक । नेकपा एमालेले आफ्ना सांसद राज्यलक्ष्मी गोल्छालाई राजीनामा गर्न निर्देशन दिएको छ ।

मधेसी महिलाको कोटाबाट समानुपातिक सांसद बनेकी गोल्छालाई एमाले स्थायी कमिटीको आइतबारको बैठकले राजीनामा गर्न निर्देशन दिएको हो । प्रधानमन्त्रीको निर्वाचनमा संसदीय दलका नेता केपी ओलीलाई मतदान नगरेको, संविधान जारी गर्ने बेलामा पनि उपस्थित नभएपछि उनको पद धरापमा परेको हो ।

गोल्छा संसद बैठकमा पनि प्राय कमै मात्रामा उपस्थित हुन्थिन् ।