ललितपुर, १ कात्तिक । लगनखेलस्थित ललितपुर मलमा चलिरहेको मोबाइल मेलामा भीड लागेको छ ।
मोबाइल कम्प्लेक्समा सामसुङ्ग, हुवावे, लाभा, कलर्सलगायतका विभिन्न ब्राण्डका मोबाइल उपहारसहित बिक्रीमा राखिएका कारण ग्राहकको आकर्षण बढेको हो ।
मल्टिब्राण्ड मोबाइल शोरुमको रुपमा स्थापित कम्प्लेक्सले दसैँ तिहारको अवसर पारेर उपहार कार्यक्रम ल्याएको हो ।
ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतका अनुसार दसैँ तथा तिहारको अवसर पारेर ‘दसैँ तिहारको बहार, मोबाइल खरिदमा उपहारै उपहार’ योजना सञ्चालन गरिरहेको र मोबाइल खरिद तथा मर्मतमा ७० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो । रासस















प्रतिक्रिया