३० आश्विन २०८३, शुक्रबार

रियल मड्रिडका लागि रोनाल्डोले गरे सर्वाधिक ३२४ गोल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ronaldoकाठमाडौं, १ कात्तिक । विश्व फुटबल स्टार क्रिष्टियानो रोनाल्डो आधिकारिक रुपमै रियल मड्रिडको सर्वाधिक गोलकर्ता बनेका छन् ।

शनिबार राति सम्पन्न स्पेनिस ला लिगाको खेलमा रियल मडि«डले लेभान्टेलाई ३–० ले पराजित गर्दा रोनाल्डोले एक गोल गरे ।

पोचुर्गलका ३० वर्षीय फर्वाड रोनाल्डोले ३१० खेलमा ३२४ गोल गरेका हुन् । रियल मड्रिडले २०१० मा पेपेमा डिफ्लेक्ट भएको गएको गोलको क्रेडिट रोनाल्डोलाई दिएर यसअघि नै सर्वाधिक गोलकर्ता घोषणा गरेको थियो ।

तर, आधिकारिक रुपमा भने रोनाल्डो लेभान्टेविरुद्धको गोलसँगै रियल मडि«डको सर्वाधिक गोलकर्ता बनेका छन् । यसअघि रियलको सर्वाधिक गोलकर्ताको रेकर्ड राहुलको नाममा थियो । उसले ७४१ खेलमा ३२३ गोल गरेका थिए ।