३१ आश्विन २०८३, शनिबार

मोर्चा गठन नयाँ संविधानका लागि हो, विश्वास गर्नुस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal Dahalविराटनगर, १३ असार । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पाँच पार्टीबीच १२ बुँदे शान्ति सम्झौता र अन्तरिम संविधानको मर्मअनुसार संविधान निर्माणका लागि कार्यगत एकता भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष दाहालले यस सम्बन्धमा भोलि काठमाडौंमा पत्रकार सम्मेलन गरी मोर्चा गठन गर्नुपर्नाको उद्देश्यबारे प्रष्ट पार्ने बताए ।

उनले कांग्रेस, एमाले र एमाओवादीको सहमतिअनुसार नै संविधानसभामा प्रतिनिधित्व गर्ने दल र बाहिर रहेका दल सबैको सहभागितामा संविधान निर्माण गर्नुपर्नेमा आफूहरु एकमत रहेको जानकारी दिए ।

अध्यक्ष दाहालले अहिले राष्ट्र गम्भीर मोडमा रहेको बताउँदै त्यसलाई निकास दिन आफ्नो पार्टीभित्र गम्भीर छलफल एवम् बहस चलिरहेको हुनाले त्यसलाई विवाद भन्न नमिल्ने बताए ।